१३ चैत, काठमाडौं । भारत र बंगलादेशबाट आएका २३ जना नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।
नेपाली सेनाको प्रमुख सेनानी शिवप्रसाद पौडेलले उनीहरूलाई गएराति करिव साढे नौ बजे खरिपाटीमा राखिएको जानकारी दिएका छन् ।
२३ जनामध्ये ९ जना महिला रहेका छन् । उनीहरू काँकडभिट्टाबाट बसमा काठमाडौं आएका थिए । प्रमुख सेनानी पौडेलले अधिकांश विद्यार्थी रहेको जानकारी दिए ।
योसँगै खरिपाटी क्वारेन्टाइनमा ९६ जनालाई राखिएको छ । यसअघि विभिन्न देशबाट आएका ७३ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्ने वा नगर्ने भन्ने टुंगो लागेको छैन। कसैमा लक्षण देखिए मात्र परीक्षण गरिने भनिएको छ।