भारत हिँडेकी सांसद सरिता गिरीलाई सुरक्षाकर्मीले सीमाबाटै फर्काए

२ असार ७७, बुधबार

२ असार, सिराहा ।
सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोजेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले नाकाबाटै फर्काएको छ । मंगलवार भारत प्रवेश गर्न खोज्दा सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सीमा सुरक्षामा खटिएका सुरक्षा स्रोतका अनुसार सीमाबन्दीकै बीच भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लहानतर्फ फर्किएकी थिइन् । एक प्रहरी अधिकृतले भने-‘ अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’

संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् । चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिरहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् ।

Advertisement

गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका १४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारत तर्फ रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top