भारतसँग सम्बन्ध बिग्रिए नेपालको अर्थतन्त्रमा असर पर्छः सुरेन्द्र पाण्डे

२ असार, काठमाडौँ ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने टिप्पणी गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताए ।

उनले नेपालको रुपैयाँ अवमुल्यन हुन सक्ने खतरा बढेको र यसले कोभिडबाट असर परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने बताए । उनले भने-‘नेपाल भारतको यो बीचको अवस्थामा सम्बन्ध विग्रने स्थिति रहदा खेरीमा हाम्रो अहिलेको परिस्थितिले के हुन्छ थाहा छैन् । यदि यो कुरा भयो भनेदेखि मैले एउटा आर्टिकल पढेको थिए द वार द ब्रिट द हिन्दुस्तान टाइम्स न्यूजहरु पढ्दा खेरिमा के देखिन्छ भन्दा भयाभह खालको नेगेटिभ टिप्पणिहरु नेपालको सन्दर्भमा छ । एक रुपैयाँको एकरुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय गरेको १९९३ मा हो । यता आएर झण्डै ३० वर्ष बढी भयो । हामीले कुनै रेट चेन्ज गरेका छैनौं । कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारले प्रिभिलेज दिएको हो अव यो गर्नु जरुरी छैन हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ । पेक्ड होइन अव भारुसँग अनपेक्ड गर्नुपर्छ र त्यो अनपेक्ड हुने वित्तिकै डलरसँग हाम्रो पैसा पनि कमजोर हुन्छ । त्यसैले अहिले हाम्रो करेन्सीले दुवैतर्फ हिट गर्छ ।’

यस्तै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढी हुने र डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने पनि पूर्वअर्थमन्त्री पाण्डेले बताए । उनले भने-‘हाम्रो पैसा कमजोर हुने अर्कोपनि कारण छ । ग्लोबल क्राइसिसको कारणले के हुन्छ भने धेरैजसो देशहरुले अमेरिकाको डलर बन्ड किनिरहेको हुन्छ । जापान सबैभन्दा धेरै किनेको छ दोस्रोमा चाइना छ अरु धेरै देशहरु पनि छन् । हाम्रै पनि छ पौने १२ खर्बको हाम्रो फरेन करेन्सी रिजर्भ छ त्यसलाई हामी डलरमा किन्छौं । त्यसैले अव डलरको डिमान्ड बढेर जान्छ क्यास डिमान्ड सबै इकोनोमिलाई पैसा चाहिएको छ । त्यो क्यास माग्ने वित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन् । नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र लोकल करेन्सीहरु हरेक देशका करेन्सीहरु तल जन्छन । त्यसले अटोमेटिकल्ली इन्फ्ल्लेक्सनमा हिट गर्छ हाम्रो पैैसा कमजोर हुन्छ ।’

Advertisement

उनले अर्थमन्त्रालयका अधिकारीहरुले अहिलेसम्म यो विषयमा नहेरेको समेत बताए ।उनले कुनैपनि बेला भारतले कुनैपनि स्टेप चालेमा नेपाललाई अप्ठेरो पर्न सक्ने बताए । अहिले पनि काकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने उनले बताए ।

सरकारको रेभिन्यु संकलन उच्च दरमा घटेकाले खर्च गर्ने क्षमता ह्रास भएको र अहिले पनि १ खर्ब ७० अर्ब नगद डेफिसेट देखा परेको पाण्डेले बताए । उनले क्यास डेफिसेट देखा परेको अवस्थामा सबै क्षेत्रको भुक्तानीमा असर पर्ने र अर्थतन्त्रमा दिर्घकालिन संकटको स्थिति देखापर्ने बताए । उनले भने- ‘खासगरी क्यास स्टकमा हिजो अस्ति मैले हेरेको झण्डै १ खर्ब ७० अर्ब क्यास डेफिसेट छ । रेभ्युन्यु र पेमेन्टको आधारमा । भनेपछि सिधा नगदचाप पर्न थालेको छ । नगदचाप भनेको कस्तो हुन्छ भने अरु धेरैकुरा बजेटमा कागजमा हुन्छ पेमेन्ट गर्ने र उताबाट आउने भन्ने हुन्छ तर फण्ड रेभिन्युमा उठन छोड्यो र दैनिक कोष नउठनेवित्तीकै दैनिक भुक्तानीमा समस्या पर्छ ।’ यसबाट वैदेशिक अनुदान पाउन र ऋण लिन पनि समस्या हुने पाण्डेले बताए ।

Advertisement

सरकारले खर्च गर्ने अवस्था कमजोर बन्दै गएको र भदौपछि अवकास प्राप्त कर्मचारीहरुलाई दिदै आएको पेन्सनको भुक्तानी चैत महिनामा सार्ने चर्चा समेत चलेकाले यसले अर्थतन्त्रमा थप संकुचन ल्याउन सक्ने पाण्डेले बताए । उनले भने-‘मैले सुनिरहेको छु आन्तरिकरुपमा विभिन्न हिसाबले भदौ उता पेन्सनको पैसा भुक्तानी नगर्ने । चैत वैशाख तिर सार्ने । यदि त्यस्तो भयो भने के हुन्छ ? पेन्सन दिन सकिएन भने जो चाहिं रिटायर्ड भएर जान्छन जसलाई धेरै पैसाको जरुरत छ उसैले पैसा नपाउने स्थिति भयो भने यो खालको समस्याहरु छन् ।’ अर्थ समितिले अवका दिनमा अर्थतन्त्रका यीनै विषयहरुलाई ध्यान दिएर छफल केन्द्रीत गर्नुपर्नेमा पाण्डेले जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top