भिसासम्बन्धी नीतिमा कुनै पनि परिवर्तन आएको छैनः अमेरिकी दूतावास

१९ असोज ७७, मंगलबार

२० आश्विन, काठमाडौं ।
काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको बताएको छ ।

दूतावासले भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने खालको भएको उल्लेख गरेको छ । कम्युनिष्ट पार्टीका सदस्य र निरंकुश सत्ताका सदस्यहरुको अमेरिका भ्रमण र अमेरिकामा बसोबाससम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको उल्लेख छ ।

तर उसले त्यो नीति के हो भन्ने सम्बन्धमा भने केही पनि खुलाएको छैन । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।

Advertisement

उक्त घोषणाको आधारमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सीएनबीसी, रोयटर्स, साउथ चाइना मर्निङ पोस्ट आदिले समाचर लेखेका छन् । यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो ।

यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।

सो आधिकारिक डकुमेन्टको आधारमा अन्तर्राष्ट्रिय समाचार माध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् । दूतावासले नेपालको बहुदलीय प्रजातन्त्रलाई सम्मान गर्ने, नेपालको निर्वाचित सरकारसँग निरन्तर सहकार्य गर्ने बताएको छ ।

उसले ७३ वर्षदेखिको नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दृढ रहेको पनि उल्लेख गरेको छ । अमेरिकी दूतावासले नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरुलाई अमेरिका बसाइसराइमा कुनै प्रतिबन्ध नलगाएको र कुनै पनि भिसाको विषय व्यक्तिगत भएको पनि उल्लेख गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top