आज १५५१ संक्रमित थपिँदा २,३४० डिस्चार्ज, कुल संक्रमितको संख्या ९० हजार नाघ्यो

२० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९० हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

आज मात्र २३ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने कोरोना संक्रमितहरुको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । आज २२ हजार ७ सय ९ वटा सक्रिय केशहरु छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top