२ वैशाख, रसुवा ।
रसुवामा भीरबाट टिपर खस्दा दुई जनाको मृत्यु भएको छ ।
कालिका गाउँपालिका–१, ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको खाली टिपर गएराति साढे १२ बजेतिर राम्चे स्याउबारीनजिकै भीरबाट दुई सय मिटर तल खसेको हो ।
दुर्घटनामा परी मृत्यु भएकाहरूमा २७ वर्षीय शिक्षक राजेन्द्र तामाङ र चालक २५ वर्षीय सागर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
इलाका प्रहरी चौकी कालिकास्स्थानबाट खटिएको टोलीले गम्भीर घाइते दुई जनालाई उपचारका लागि बिहान ४ बजे रसुवा जिल्ला अस्पताल पुर्याएको थियो ।
दुर्घटनामा परेको टिपर कालिका–१ का अध्यक्ष मालफुर्पा तामाङको भएको प्रहरीले जनाएको छ । टिपरमा वडाअध्यक्ष तामाङ पनि रहेको बताइएको थियो ।
तर, उनी दुर्घटनास्थलमा नभेटिएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।