३० असार, काठमाडौं । मंगलबार मात्र १ सय १६ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । हालसम्म कुल संक्रमित मध्ये ६ हजार ६ सय ९५ वटा केश सक्रिय छन् ।
पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म १० हजार ३ सय २८ जना संक्रमित उपचार पछि निको भएका छन् ।