मजदुरलाई राहत तथा अग्रपंक्तिमा खटिनेका लागि विशेष प्याकेज ल्याउन कांग्रेसको माग

५ जेठ ७८, बिहीबार

६ जेष्ठ, काठमाडौं ।
नेपाली कांग्रेसले कोभिड १९ महामारीमा आफ्नो ज्यानको पर्वाह नगरी अग्रपंक्तिमा खटिरहेका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले कोभिड महामारीमा बिरामीको उपचारका लागि खटिएका डाक्टर, नर्स, सरसफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत फ्रन्टलाइनरका लागि विशेष प्याकेज ल्याउन माग गरेको हो ।

बैठकले महामारीमा सरकारले प्रभावकारी ढंगले राज्यको संयन्त्र र उपलब्ध साधनस्रोत परिचालन गरी कोभिड नियन्त्रण, न्यूनिकरण र उपचारमा ध्यान केन्द्रीत गर्नु पर्नेमा आफ्नो दायित्वबाट विमुख हुँदै गएकोमा आपत्ति समेत जनाएको छ ।

Advertisement

स्वास्थ्य सामग्री, उपकरणहरु, औषधी र खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै कांग्रेस संसदीय दलको बैठकले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

साथै कांग्रेसले निषेधाज्ञाका कारण समस्यामा परेका मजदुरलाई राहतको व्यवस्था गर्न माग गरेको छ ।

Advertisement

बागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचार संहिता उलंघन गरी प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना उम्मेद्वार रामबहादुर थापालाई मत माग्ने वक्तव्य दिएको प्रति भत्सर्ना गर्दै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top