चाँडै युद्धविराम सम्बन्धी सहमति हुने हमास अधिकारीको दाबी

६ जेष्ठ, एजेन्सी ।
इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् ।

इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा अन्त्यका लागि सहमतिको प्रयास भइरहेको चाँडै घोषणा हुन सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्ना नागरिकको शान्ति तथा सुरक्षा सुनिश्चित नभएसम्म आक्रमण जारी रहने बताएका छन् ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय तथा भौतिक क्षति रोक्नका लागि सावधानी अपनाउन इजरायललाई आग्रह गरेपछि नेतह्याहूले यस्तो बताएका हुन् ।

इजरायली सेनाले गाजामा पूर्वाधारहरुलाई लक्षित गरि बिहीबार बिहानै १०० भन्दा धेरै हवाई आक्रमण गरेको छ । प्यालेस्टाइनी बिद्रोहीले इजरायलमा लक्षित गरि रकेट प्रहार गरेका छन् ।

गाजाबाट आफ्नो तर्फ हालसम्म चार हजार रकेट आक्रमण भएको इजरायलले जनाएको छ । मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ ।

इजरायलले भने मारिने मध्ये कम्तीमा १५० जना हमास लडाकु रहेको दाबी गरेको छ । तर हमासले अहिलेसम्म आफ्ना लडाकु कति मारिए भनेर कुनै तथ्यांक दिएको छैन ।

इजरायल तर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ । गाजा तर्फबाट रकेट तथा इजरायलले हवाई आक्रमण गर्दै आएको छ ।

इजरायली आक्रमणका कारण पहिले नै नाजुक अवस्थामा रहेको गाजाको अवस्था थप भयावह बनेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहायता संगठनले चिन्ता व्यक्त गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top