एजेन्सी,पुस ४
बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘मणिकर्णिका’को ट्रेलर रिलिज भएको छ ।
२०१९ जनबरी २५ तारिकमा रिलिज हुने सो चलचित्र १६१ बर्ष पुरानो झांसीकी रानी लक्ष्मीबाईको कथामा बनेको छ ।
जसमा कंगना लक्ष्मीबाईको भूमिकामा देखिएकी छिन् । चलचित्रमा कंगनाको साथमा अंकिता लोखंडे, डेनी डैन्जोग्पा, जिस्सु सेन गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ ।
मणिकर्णिका छायाँकनको क्रममा बिभिन्न विवादहरु भएका कारण कलाकार सोनु सुदले चलचित्र छाडेका थिए भने यता निर्देशन र कंगनाको अनबन भएपछि यसका निर्देशन कृष जगरलामुडीले पनि चलचित्र छाडेका थिए । चलचित्रको बाँकी छायाँकन कंगना आफैले गरेकी थिइन् ।