मदन भण्डारी विश्वविद्यालयमा राजनीति प्रवेश हुन नदिन सवै सहमत

२ फागुन, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हुन नहुने बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा अध्यक्ष जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायलयको अवधारणा तथा विशेषता सम्बन्धी जानकारी गराउँदै अन्य विश्व विद्यालयमा जस्तो दलिय राजनीति हावी हुन दिन नहुने बताएका हुन् । उनले देश चलाउने राजनीतिमा दलिय रजानीति आवश्यक भएको तर शिक्षा चलाउने शिक्षा नीतिमा दलिय राजनीति प्रवेश हुन दिन नहुने बताए । त्यस्तै विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा समेत उनले जोड दिए ।

बैठकमा सांसदहरुले विश्वविद्यालयको स्ट्याण्डर्ड के हुने भन्ने विषयमा अझै स्पस्ट हुन नसकेको बताएका छन् । उनीहरुले विश्व स्तरको विश्वविद्यालय निर्माण गर्ने भनिएपनि विश्वका विश्वविद्यालयको अध्ययन नगरी निर्माण गर्न खोजिकएको बताएका हुन् । सांसद मानबहादुर विश्वकर्माले अर्थमन्त्रालयका तथ्याङ्कहरु प्रस्तुत गरेर विश्वविद्यालयको अवधारणा बनाउन नहुने बताए ।

Advertisement

सांसद चित्रालेखा यादवले विश्व विद्यालयमा दलिय राजनीति हुन दिन नहुने भन्ने विषय उचित भएको तर दलिय राजनीति देखियो भने के गर्ने भन्ने विषय आउन नसकेको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्व विद्यालयको व्यवस्थापन ट्रष्टबाट हुने र कुलपति, उपकुलपति तथा सहकुलपतिको अवधारणा नरहेको बताए । उनले प्रेसिडेन्सियल प्रणाली मार्फत सञ्चालन हुने तथा स्थायी कर्मचारीहरु नरहने तथा विज्ञहरुलाई काम लगाइने भएकाले यो अन्य विश्वविद्यालय भन्दा फरक हुने बताए ।

Advertisement

समितिमा गत बुधबारदेखि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको थियो । शुक्रबार भने समितिले विश्वविद्यालयको अवधारणा र विशेषताका विषयमा जानकारी लिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top