मलेसियाविरुद्ध नेपालको सहज जित

९ बैशाख, काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ ।

बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।

जवाफि ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनमै समेटियो ।

Advertisement

मलेसियाका लागि अम्मिनुदिन राम्लीले ४१ रनको योगदान गरे । सायद अजिजले ४, अनवार अर्दिनले ६, फाइज अहम्मदले ३१, भिरेनदिप सिंहले १३, सर्भिन मुनयन्डीले ३ रन जोडे । यस्तै, अन्नोल फाजिजले ११, फित्रि सामले १४, धिभेन्द्र मोर्गनले २, मुहमम्द वाफिकले १२ र अनवार रहमानले २ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले समान तीन÷तीन विकेट लिए । सुशन भारीले एक विकेट लिए ।

Advertisement

यसअघि नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । उनले लगातार तीन छक्का प्रहार गरेका थिए ।

ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । लगातार तीन खेलमा अर्धशतक हानेका अर्का ओपनर कुशल भुर्तेल भने १६ रनमै आउट भएका छन् । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए ।

दिपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । विनोद भण्डारीले ८ र कुशल मल्लले १९ र सोमपाल कामीले २ रन बनाए ।

मलेसियाका लागि फित्रि साम, अनवार रहमान र सायद अजिजले समान दुई÷दुई विकेट लिए । यस्तै, मुहमम्द वाफिकले एक विकेट लिए ।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा नेदरल्याण्डविरुद्ध २ सय ६ रन बनाएको थियो ।

नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top