विराटनगर,असार १८
विराटनगर महानगरपालिकाले सडक निर्माणलाई तिव्रता दिएको छ । अहिले विराटनगर महानगरपालिका भित्रका ढल, नाला र सडक बनाउने कार्यलाई तिव्र गतिमा अघि बढ्याईकोे छ । विराटनगर महानगरपालिकाका वरिष्ठ इन्जिनियर, भरत न्यौपानेका अनुशार मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत ठूलो नाला ३३ किलोमिटर निर्माण सम्पन्न भईसकेको छ ।
यस्तै सघन सहरी विकास कार्यक्रम अन्तर्गत साढे ६ सय मिटर नाला निर्माण सम्पन्न गरिएको छ । महानगरमा रोड साइड नाला २६ किलोमिटरमा १० किलोमिटर निर्माण सम्पन्न भएको छ भने ७४ किलोमिटर पिचमा १५ किलोमिटर पिच निर्माण भैईसकेको छ । महानगरपालिका भित्र आउदो पाँचवर्षभित्रमा कम्तीमा ५ सय किलोमिटर सडक कालोपत्र हुंदैछ । हाल महानगरपालिका र विभिन्न तीन निकायको संयुक्त पहलमा महानगरपालिकामा सडक तथा ढल निर्माणका कार्य भइरहेको छ ।
विराटनगर महानगरपालिका भित्रको वार्ड नम्बर १ को भट्टाचौकदेखि परोपकार घाटसम्म सडक पिच गर्ने कार्य सम्पन्न भएको छ । यस्तै वार्ड नम्बर २ को पोखरिया त्रिवेणी मार्गदेखि परोपकार घाटसम्म नाला ढलाई गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै वार्ड नम्बर ३ को पुष्पमार्ग, कञ्चन मार्ग, सिभिल मार्गमा पिच तथा नाला बनाउने कार्य सम्पन्न भएको छ ।
यस्तै वार्ड नम्बर ५ मा शिरोमणी पथ, दिल्ली पब्लीक स्कूल जाने सडक, नाला निर्माणको काम सम्पन्न भएको छ । यस्तै जानकी पथको पिच, नाला वार्ड नम्बर ६ को केशलिया सडक, वार्ड नम्बर ११, १२ को पाञ्चाली मार्ग,वार्ड नम्बर १२ को महेन्द्र मोरङ कलेज, चेङबारी पैनीमा नाला, दरैया सडक नाला, रानी सडक, नाला निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ ।
विराटनगर महानगरपालिकाभित्र क्षेत्रीय शहरी विकास परियोजनाको २५ प्रतिशत, मझौला शहरी एकीकृत वातावरणीय सुधार परियोजनाको ९९ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको महानगरपालिका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । साना तथा मझौला वातवरणिय विकास परियोजना अन्र्तगत २ अर्व ९५ करोड, क्षेत्रिय सहरी विकास परियोजनाअन्तर्गत २ अर्व ६२ करोड तथा सघन सहरी विकास कार्यक्रमअन्र्तगत ६२ करोडको लागतमा विकास निर्माणका कामहरु भइरहेका छन ।
यी परियोजनाले सडक, नाला तथा कालोपत्रे गर्ने काम गरिरहेका छन । विराटनगर महानगरपालिको डेढसयदेखि दुईसय किलोमिटर सडक निर्माणको अन्तिम चरणमा पुगेका छन । यस्तै रोडसाइड ड्रेन ४५ किलोमिटर र ठूला नाला ३५ किलोमिटर निर्माण सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।