महानगर विष्फोट प्रकरण : धरौटीमा छुटे गोईत कार्यकर्ता

Share this
693shares

विराटनगर : गत साउन २७ गते विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) का तीन जना छुटेका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement

विष्फोटक पदार्थ मुद्दामा जिल्ला अदालत मोरङले तीनै जनालाई जनही ३८ हजार धरौटी बुझाएर छुटेका हुन् ।महानगरमा बम बिष्फोट गराएको आरोपमा गत भदौ दोस्रो साता पक्राउ परेका तीन जनालाई जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलासले जनही ३८ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आदेश लगत्तै धरौटी बुझाएका मोरङ जहदा गाउँपालिका २ का २३ वर्षीय मनोजकुमार सिंह बिहीबार छुटेका थिए । धरौटी बुझाउन नसकेका सिरहा लक्ष्मीपुर पतार गाउँपालिका – ३ का २० बर्षीय अभिमन्नु गिरी र सिरहा सुखिपुर नगरपालिका –५ का २४ वर्षीय रामरिझन यादव पुर्पक्षका लागि कारागार चलान भएका थिए । आइतबार उनीहरुपनि छुटेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top