दैनिक ७ सय भन्दा बढीलाई निःशुल्क खाना

२७ भदौ, काठमाडौँ ।
कोरोनाका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति र संघ संस्थाले अहिले निः शुल्क खाना खुवाइरहेका छन् । चार महिना लामो लकडाउन, त्यसपछिको निषेधाज्ञाको यो समयमा सयौ व्यक्तिहरुका लागि खाना बनाएर त्यो पनि सधै एउटै समयमा खुवाउनु चानचुने कुरा होइन । अनि उनीहरुले बनाउने खाना कसरी बन्छ ? कहाँ बन्छ ? त्यसको खर्च कसरी व्यवस्थापन गर्छन होला ?त्यस्तै खाना बनेको ठाउँबाट कसरी प्याकिङ भएर आउँछ ? आज हामी यिनै जिज्ञाशा मेटाउदै छौ । हामीले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखेका दृश्यका भित्री कथा आज पस्कँदैछौ ।

विश्वव्यापी बनेको कोरोना महामारीले नेपाललाई पनि नराम्ररी प्रभाव पारेको छ । हजारौं संक्रमित भएका छन् । तीन सय बढीले ज्यान गुमाएका छन । यो सख्या दिनहु बढिरहेको छ । अहिलेसम्म लाखौले रोजगारी गुमाएका छन । कोरोनाका कारण रोजगारीमा मात्रै होइन हजारौले दुई छाक खाना खान समेत पाएका छैनन् । गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लक डाउनले धेरैजना हप्ता दशदिन भन्दा बढी समय भोकै बस्न बाध्य भए । अवस्था तत्काल सामान्य नहुने अवस्था आएपछि मनकारी व्यक्ति र संघसंस्थाहरुले कोरोनाका कारण खाना नपाएकाहरुलाई खोजी खोजी सहयोग गर्न थाले । कोही, हप्ता दश दिन एक महिनामा थाके त कोही आजको दिनसम्म पनि त्यस्ता व्यक्तिहरुलाई खोजी खोजी खाना खुवाइरहेका छन् । तिनै मध्येकी एक हुन इन्दिरा रानामगर । उनी बन्दी सहायता नेपालकी संस्थापक हुन् । कोरोना महामारी अघि जेलका आश्रित बालबालिलाई हेर्दै गरेको उनको संस्थाले अहिले कोरोनाका कारण समस्या परेका खान नपाएका अशक्त व्यक्ति र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको छ ।

Advertisement

पहिलो दिन आफ्नो संस्थामा रहेका बाहेक २० जनालाई खाना खुवाएकी रानामगरले दोस्रो दिन ३०, तेस्रो दिन ४० हुँदै एक महिना नपुग्दै दैनिक २ सय जनालाई खाना खुवाउन थालिन् । अहिले विभिन्न क्षेत्रमा गरी एक दिनमा ७ सय बढीलाई खाना खुवाइरहेको उनको भनाई छ । सुरुमा ठमेलको संचयकोष क्षेत्रमा खाना खुवाइरहेपछि स्थानीय तहका पदाधिकारी र केही स्थानीयहरुले कोरोनाको बेला भिडभाड र फोहोर ग¥यो भन्ने बाहनामा आफुमाथि दुव्र्यहार गरेको उनको तितो अनुभव छ । संस्थाका सबै स्टाफहरु नभएको बेला दरबारमार्ग बृत्तका प्रहरीहरुले समेत खाना बाँड्न सहयोग गरेको उनको भनाई छ । सुरुमा दुई छोरी र आमा मिलेर दैनिक खाना बनाउने, प्याकिङ गर्ने, खुवाउने र साँझ आएर भाँडा धुने काम गर्ने गरेकोमा अहिले भने अन्य स्टाफहरु पनि आइसकेपछि केही सहज भएको उनको भनाई छ । संक्रमणको जोखिम नहोस भनेर सधै आफै खाना डेलिभरी गरी असाहयहरुलाई बाड्छिन् रानामगर ।

 

आफुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खाना वितरण गर्ने गरेको उनको भनाई छ । सुरुको दिनमा आफ्नै खर्चबाट पकाएर खुवाउने गरेको भएपनि अहिले विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्ने गरेका छन् । कसैले जन्मदिनको अवसरमा त कसैले कुनै न कुनै अवशर पारेर नगद तथा अन्य सहयोग गर्दै आएका छन् । विहानै देखि खाना तयारीका लागि ड्युटीमा खटिनुपर्ने भएपनि सहयोगीहरुलाई काममा आउनै पर्ने जवरजस्ती भने नगरेको उनको भनाई छ । तर काममा आए÷नआएपनि सुरक्षित बस्न आफ्नो स्टाफहरुलाई सधै भन्ने गरेको उनले बताइन् । लकडाउन अघिसम्म बढीमा २ सयजनाका लागि खाना बनाएको अनुभव सुनाउने रानामगर अहिले अहिले ७ सय भन्दा बढी व्यक्तिका लागि खाना तयार गर्छिन । त्यो पनि करिब पौने १ घण्टामा । दैनिक औषतमा ३ बोरा चामल पकाउने गरेकोमा कहिलेकाँही बढी मान्छे भएमा पहिलो चरणमा खाना बाँडेर पुनः पकाउँदै बाँड्नुपर्ने अवस्था रहेको उनको भनाई छ । खाना तयार गर्दा देखि प्याकिङ गरी वितरण गर्दासम्म १ सय बराबर तीन जनालाई खाना खुवाछिन रानामगर ।

 

महामारीको समयमा अरुलाई दोष दिएर बस्नुभन्दा सबै मिलेर एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्नुपर्ने सुझाव इन्दिराको छ । उनी भन्छिन्, जनताले नै जनताको समस्या समाधान गर्ने हो । नेपाली मनका धनी छन्, यो महामारीको समयमा त्यो छर्लङ्ग देखिएको छ । सरकारका कामजोरीहरु औल्याउँदै सुझाव दिने र मिलेर अगाडी बढ्नुपर्ने उनको भनाई छ । उनले अहिले ठमेल, गल्कोपाखा चोक, जमल, खुलामञ्च लगायतका ठाउँमा ७ सय भन्दा बढीलाई दैनिक खाना खुवाउँदै आएकी छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top