महोत्तरीमा घाँस काट्न गएका ७ जना किशोरी सम्पर्कविहीन

१८ चैत, महोत्तरी । महोत्तरीको भंगहाबाट ७ जना किशोरी सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

हिजो दिउँसो झण्डै दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा नआएका उनीहरुका परिवारका सदस्यले बताएका छन् ।

हराएका सातै जना एउटै टोलका हुन् । उनीहरु हराएको बारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताए । उनका अनुसार ‘घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानियवासीले देखेका थिए ।

Advertisement

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले बताए । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले हराइरहेकाहरुको खोजीमा प्रहरी टोली खटाइएको जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top