×

NEPAL TIMES UPDATES

Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026

खुवालङ फुटाउने कुनै निर्णय भएको छैनः मुख्यमन्त्री राई

१८ चैत्र २०७७

१८ चैत्र, मोरङ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन्।

उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरे।

Advertisement
Advertisement

जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उनले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताए।

मुख्यमन्त्री राईले सङ्घीय र प्रदेश सरकारले खुवालङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न नागरिकसँग आग्रह गरे।

उनले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्‍याउने सम्बन्धमा आवश्यक अध्ययनलाई प्राथमिकता दिइएको जानकारी दिए।

किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपुर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए।

डोर वे इन्टरनेसलका नेपाल अध्यक्ष एवं जलयातायातविज्ञ विपुलराज पाण्डेले खुवालुङ दायाँबायाँ पाँच मिटर छाडेर जलयात्रा सञ्चालन गर्ने जानकारी दिँदै यसलाई फुटाउने सम्बन्धमा कहीँकतै कुरा नआएको बताए।

उनले २६४ किलोमिटर दोलालघाटसम्मको जलयातायात सञ्चालनका लागि थप अध्ययन गरिने बताए। जलयातायात सञ्चालक राजेन्द्र कार्की खुवालुङबाट कुनै समस्या नआएको बताए।

सप्तकोशीमा जलयातायात सञ्चालन भइरहेको अवस्थामा अरुण, तमोर र दूधकोशीको सङ्गमस्थलमा खुवालुङ (किराँत भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुङ्गा) अर्थात् पानीमाथिको ढुङ्गाको छेऊ भएर मोटरबोट सञ्चालन भइरहेको अवस्थामा केही दिन अगाडि सङघीय र प्रदेश सरकारले उक्त ढुङ्गा फुटाउँदै छ भन्ने गरी समुदायमा भ्रम सिर्जना गरिएको थियो।(रासस)

Advertisement

भर्खरको समाचार

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top