महोत्तरीमा मोही जग्गाको मुद्दामा साक्षी बसेका एक दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

११ फागुन, जनकपुर । महोत्तरीको सहोडवामा एक दम्पतीलाई घरबाटै अपहरण गरिएको बुझिएको छ । मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सो दम्पतीलाई घरबाटै अपहरण गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेकै ठाउँबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। झा दम्पती मंगलबार बिहान अबेरसम्म घरबाट बाहिर ननिस्केपछि गाउँलेहरू उनको खबर बुझ्न घरमै पुगेका थिए। पछि जसोतसो उनीहरू सुत्ने कोठामा स्थानीयहरु पुगे पछि रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

झा दम्पती सुतेको कोठामा रगतको थोपाहरू समेत देखिएकोले घटना शंकास्पद बन्दै गएको छ। अपहरित दम्पतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

Advertisement

स्थानीयहरूका अनुसार मोसाफिर झा अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए। विवादित जग्गाको विपक्षीसँग केही दिन अगाडि विवादसमेत भएको स्थानीयहरू बताउँछन्।

झा दम्पतीको अपहरण भएको खबर पाएलगत्तै स्थानीय जनकपुरधाम भिठामोड सडक खण्डमा चक्काजाम गरेका छन्। अपहरित दुबैको पत्तो नलागेसम्म चक्काजाम राख्ने स्थानीयको चेतावनी छ।

Advertisement

चक्काजामका कारण यात्रुलाई आवतजावतमा समस्या भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top