अब राष्ट्र बैंकको पनि आधिकारिक फेसबुक र ट्विटर अकाउन्ट

१० फागुन ७७, मंगलबार

११ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो । अहिले भइरहेका अभ्यासलाई नीतिगत रुपमा समेटेर नीति सार्वजनिक गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

अहिले सामाजिक सञ्जालमा राष्ट्र बैंकको आधिकारिक अकाउन्ट छैन । नयाँ नीतिअनुसार राष्ट्र बैंकले सामाजिक सञ्जालको पनि प्रयोग गर्ने भएको छ । सूचना प्रविधिको प्रयोग बढ्दै गएसँगै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत पनि राष्ट्र बैंकका सूचना तथा जानकारी सर्वसाधारणमा पु¥याउने नीति अवलम्बन गरिएको प्रवक्ता भट्टले बताए ।

नीतिमा भनिएको छ, ‘बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्नेछ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्नेछ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्नेछ ।’

Advertisement

यस्तै, अब राष्ट्र बैंकका विभाग र महाशाखाका प्रमुखले पनि सञ्चारमाध्यम तथा सर्वसाधारणलाई सूचना दिन पाउने भएका छन् । प्रवक्तासँगको सहकार्यमा विभागीय प्रमुखले सूचना दिन सक्ने नीतिमा उल्लेख छ ।

नीतिमा भनिएको छ, ‘गभर्नरको स्वीकृतिबमोजिम आफ्नो विभागसँग सम्बन्धित काम कारबाहीको वारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्नेछ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top