मात्रा नमिलेको आयुर्वेदिक औषधि घातक

५ कात्तिक ७७, बिहीबार

काठमाडाैँ : कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने भनाइ विज्ञको छ ।

दैनिक भान्छामा प्रयोग हुने औषधीय गुण भएका मसलाले स्वाद बढाउने मात्र होइन, औषधिको समेत काम गर्छन् । मसलाको बढी प्रयोगले विभिन्न रोग लाग्ने खतरातर्फ कमैको मात्र ध्यान पुगेको पाइन्छ ।

पद्मकन्या क्याम्पसको गृह विज्ञान विभागका प्रमुख पोषणविद् डा. जया प्रधानले कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक भएको बताइन् । उनले कोभिड–१९ लाग्ने डरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै बेसार, मेथी, अदुवा, लसुन, भिटामिन ‘डी’ लगायतका चिज बढी प्रयोग गरेको पाइएको जानकारी दिइन् । यसले गर्दा पनि कतिपय मानिस विभिन्न रोगको सिकार हुनुपरेको अनुभव डा. प्रधानले सुनाए ।

Advertisement

नेपालीमा एउटा उखान नै छ, ‘चिनी पनि बढी खाए तीतो हुन्छ’ भने झैँ क्षमता बढाउने नाममा राम्रो जानकारी र मात्रा नमिलाई औषधीय गुण भएका चिज खाँदा समस्या आउने गरेको भनाइ डा. प्रधानको छ ।

भान्छामा प्रयोग हुने मरमसला औषधिजन्य हुन्छन्, त्यसमा कुनै द्विविधा नै छैन । धेरै खाने कुरा यस्ता छन् जुन एउटा रोगलाई हुन्छ भने अर्को रोगलाई हुँदैन । उदाहरणका लागि रक्तचाप कम भएको व्यक्तिले गुर्जो तथा बेसार पानीको बढी सेवन गरे खुट्टा बाउडिने तथा रिङ्गटा लाग्ने समस्या हुन सक्ने भनाइ डा. प्रधानको छ ।

Advertisement

यता फिजिसियन जेनर तामाङले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खानेकुरा खाएका धेरै बिरामी आउने गरेका छन् । मानिसले कोभिड–१९ सङ्क्रमित सँगको सम्पर्क भएपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधि प्रयोग गर्ने गरेको पाइएको छ भने।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top