माथिल्लो तामाकोशीको सबैभन्दा महत्वपूर्ण र जटिल काम यसै साता सकिने

८ असार ७७, मंगलबार

८ असार, काठमाडाैँ ।

सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२.५ मिटर मात्रै बाँकी छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न हुन लागेको हो ।

Advertisement

कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रबारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिनेछ ।

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७.५ मिटरमा पाइप जडानको काम भइसकेको छ । प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२.५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी रहने २.५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।

Advertisement

“सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्छ । एउटा सकारात्मक अवस्थामा हामी पुगेका छाै । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ”, प्रवक्ता न्यौपानेले भने । माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । चालू आव सकिने दिनसम्म आयोजनाको काममा उल्लेख्य प्रगति हासिल हुने विश्वास लिइएको छ ।

कोरोना कहरका बीचमा घरभित्रका नागरिकलाई आशाको सञ्चार भर्ने काम आयोजनाले गरेको छ । विपद्सँग जुध्दै भएका कामले नेपालीलाई एक खालको आत्मविश्वास भरिदिएको छ । लाखौँ नेपालीको आशा र भरोसाको केन्द्रविन्दुमा रहेको माथिल्लो तामाकोशीले लकडाउनमा दिएको सन्देश घरभित्रै बस्न बाध्य भएका नेपालीलाई हर्षित तुल्याउने खालको छ । आयोजनामा लगानी गर्ने शेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

लकडाउनपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखियो । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब रु पाँच करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढाउने र घुमेको पाइप जडानको काममा समेत गति दिन लागिएकाले एकाध दिन भित्रै सम्पन्न हुनेछ । सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।

राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लकडाउनको समयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीमा सहजीकरण गरिदिएका थिए । आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा झण्डै ६५० श्रमिक कार्यरत थिए ।

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण सहज भएको प्रवक्ता न्यौपानेको भनाइ छ ।
आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्य रूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने वित्तिकै उपचारको प्रबन्ध गर्ने व्यवस्था गरिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव पाँच प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ । कूल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । सरकारले आगामी आवको पहिलो चौमासमा माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने जनाएको छ ।

-रमेश लम्साल/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

सम्बन्धित समाचार

Scroll to Top