माधव नेपाललाई धोका दिने १० भाइ लालगद्दार हुन् -मन्त्री श्रेष्ठ

२४ असोज, तनहुँ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन् । पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने, तर अहिले केपी ओलीको नजिक भएका नै वास्तविक लालगद्दार भएको बताएका हुन् ।

गृहजिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘विशुद्ध संविधानको रक्षा, सर्वोच्च अदालतको सम्मान र पाँच वर्षका लागि जनताले दिएको अमूल्य मतलाई कदर गर्दै उभिएको हुँ ।

Advertisement

नेपाली कांग्रेसलाई भोट हालेको होइन । दुईपटक संसद् विघटन गर्दा पनि सच्चिन्छन् कि भनेर त्यतै उभिइरहेका थियौं । साइबर स्यालहरूले मलाई लालगद्दार भने छन् । मैले केही गद्दारी गरेको छैन ।

गद्दारी त लामबद्ध भएर सर्वोच्च अदालतमा आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गर्ने अहिले केपी ओलीको साखिल्लो भएर काम गरिरहेका हुन्,’ उनले भने ।

Advertisement

आफूहरूले पार्टी फुटाएको नभई विद्रोह गरेको मन्त्री श्रेष्ठले दाबी गरे । उनले एकीकृत समाजवादी सच्चा पार्टी बनाएको जिकिरसमेत गरे ।

जिल्लाबासीको प्रतिष्ठा उच्च हुने गरेर काम गर्ने उनको भनाइ थियो । शुक्रबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेर कार्यभार सम्हालेका उनी शनिबार बिहानै सडकमार्ग हुँदै तनहुँ हिँडेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top