मुकेश चाैरासियाको हत्यामा संलग्न २ जना पूर्पक्षका लागि जेल चलान

१८ मंसिर ७७, शुक्रबार

१९ मंसिर, वीरगन्ज ।

पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । पार्टीेको सपथ ग्रहण कार्यक्रममा नै भएको झडपमा गम्भिर घाइते चौरसियाको हत्यामा संलग्न देखिएका २ अभियुक्त बुधबार पूर्पक्षका लागि जेल चलान भएका हुन् । २ जनालाई भने जनही २÷२ लाख नगद धरौटीमा छोडिएको छ । पर्सा जिल्ला अदालतका अनुसार अर्का १७ बर्षीय एक बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा संलग्न नभएको भन्दै सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको छ ।

विन्दवासीनीका स्थानीय अश्वेस्वर भन्ने अखलेश चौरसिया र उत्तम भन्ने निरन्जन तिवारी भने पर्सा जिल्ला अदालतको थुनछेक बहस पछिको आदेशबाट पूर्पक्षका लागि जेल गएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले बताए । त्यसै गरी हनिफ मिया जोलाहा र देवा सहनी मलाहालाई भने जनही दुई–दुई लाख धरौटी लिएर छोडिएको उनको भनाइ छ ।

Advertisement

पर्सा जिल्ला अदालतका जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको इजलासमा बुधबार सकिएको थुनछेक बहस पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम चौरसिया र तिवारीलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश भयो । जोलहा र मलाहालाई पनि सोही संहिताको दफा ६८ बमोजिम धरौटीमा छाडिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले बताए । मिसिलमा पेश भएका कुल २१ प्रतिवादी मध्ये अन्य भने अहिलेसम्म अदालतमा उपस्थित नभएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

पर्साको विन्दवासीनी गाउँपालिकामा गएको कार्तिक ६ गते नेकपाको गाउँ कमिटिको सपथग्रहण कार्यक्रममा पार्टीकै कार्यकर्ताहरुका बीचमा झडप हुँदा गाउँ कमिटिका सचिव मुकेश चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा कार्तिक ७ गते निधन भएको थियो । सो घटनामा संलग्न भएको आशंकामा घटना स्थलमा भएका र योजनाकारका रुपमा रहेका भनी पीडित पक्षले सुरुमा १२ जना र पछि १५ जना गरी २७ जना नेकपाका नेता कार्यकर्ता माथि पर्सा प्रहरीमा जाहेरी दर्ता गराएको थियो ।

Advertisement

जाहेरीमा मुख्य योजनाकारका रुपमा बाहिर हल्ला भए अनुसार संलग्न नभएको पाइएपछि संविधान सभाका सांसद राजकुमार गुप्ता प्रहरीको अनुसन्धानको दाएरामा नपरेको प्रहरीको मिसिलले पहिले नै प्रष्ट्याएसकेको छ । त्यसै गरी नेकपाको २ नम्बर प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, केन्द्रिय सदस्य रामचन्द्र साह लगायतका ६ जना नेता कार्यकर्ता भने संलग्न नभएको प्रहरी अनुसन्धानले देखाएको छ । पर्सा जिल्ला अदालतका अनुसार घटनामा संलग्न देखिएका २१ जना अभियुक्तहरुलाई भने पर्सा प्रहरीले मिसिलमा उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top