मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल पक्ष सहमत
740SHARES


११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव नेपाल पक्ष सहमत भएको छ । योसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।
अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए ।

प्रदेश १ सभामा एमाले ५१ सांसदसहित बहुमतमा छ ।
छुटाउनुभयो कि?
सम्पूर्ण