मुलुकका लागि दक्ष सहकारीकर्मीको आवश्यकता पर्याे: मन्त्री अर्याल

८ मंसिर ७६, सोमबार

९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएकी छन् ।

सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पु¥याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताएकी हुन् ।

उनले नेपालमा ३५ हजार सहकारी रहेको तर सहकारी शिक्षाको पाठ्क्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताइन् ।

Advertisement

सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसलाई पुरा गर्न सहकारीमार्फत् व्यवसायीक कृषिको प्रबन्ध मिलाइएको बताइन् । उनले सरकारको लक्ष्यहरु प्राप्त गर्नसमेत समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास गर्नुपर्ने बताए ।

‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्क्रमको विकास गर्न भने सकेको छैन् ।

Advertisement

त्यसैले समयसापेक्ष पाठ्यक्रमको विकासका लागि ठोस निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top