मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

जोमसोम : मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्।

गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन्।

जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ। थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ।

Advertisement

मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो। अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन।

मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ। तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ। ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुन्दरकुमार थकालीले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top