नेपालमा आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल गरिने

काठमाडौँ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।

डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’

उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु (सुठो, पिप्ला र मरीच) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’ ,याे खबर कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top