९ मंसिर , काठमाण्डौ ।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतद्धारा सरकारका नाममा कारण देखाउ आदेश जारी ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई उपाध्यक्षमा नियुक्त गर्नुको कारणसहित अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि नेपाल सरकार, लुम्बिनी विकास कोषलगायत विपक्षीलाई बोलाउने आदेश ।

आनी छोइङको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङको योग्यता नपुगेको दाबी।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।



