मेस्सी र ग्वार्डिओलाद्वारा क्याटलान क्षेत्रलाई एक मिलियन युरो आर्थिक सहयोग

१२ चैत, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।

कोरोना संक्रमणबिरुद्व लड्न मेस्सीले क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका हुन् । मेस्सीले गरेको सहयोगलाई अस्पतालले पुष्टि गर्दै कोरोनाविरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।

यस्तै बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले क्याटलान क्षेत्रमा मेडिकल सामाग्री खरिदका लागि ग्वार्डिओलाले समेत १ मिलियन युरो नै सहयोग गरेका छन् । सहयोग रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जानेछ ।

Advertisement

ग्वार्डिओलाको सहयोग रकम अस्पतालमा भर्ना भएका र उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामाग्री खरीदमा खर्च गरिनेछ ।

स्पेन कोरोनाबाट बढी प्रभावित युरोपको दोस्रो मुलुक हो । जसमा क्याटलान क्षेत्र बढी प्रभावित छ । स्पेनमा २ हजार ६ सय ९६ जना मानिसको ज्यान गएको छ । करिब ४० हजार मानिस संक्रमित छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top