×

NEPAL TIMES UPDATES

Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026

कन्टेनरभित्र लुकेर वीरगन्ज आइपुगेका ५२ जना क्वारेन्टाइनमा

१२ चैत्र २०७६

१२ चैत, वीरगन्ज । लकडाउनका कारण अन्य सवारी साधन नपाएपछि कन्टेनरभित्र लुकेर ५२ जना मंगलबार मध्यरातमा वीरगन्ज आइपुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  हेटौंडा, भरतपुर, काठमाडौंबाट कन्टेनरमा बसेर आएका उनीहरुलाई प्रहरीले वीरगन्जको घन्टाघरमा नियन्त्रणमा लिएको थियो ।

काठमाडौंको सतुंगलस्थित इन्जिम हार्डवेयरमा आल्मुनियम अनलोड गरी मंगलबार वीरगन्ज फर्किने क्रममा ना५ख ९५५२ नम्बरको खाली कन्टेनरमा काठमाडौं, चितवन र हेटौंडाबाट ५२ जना यात्रु चढेका थिए। लकडाउन उल्लंघन गरी मालवाहक कन्टेनरमा यात्रु आइरहेको जानकारी पाएपछि मंगलबार राति पर्सा प्रहरीले उनीहरुलाई घन्टाघरबाट नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

सबै यात्रु र चालकलाई बुधबार बिहान क्वारेन्टाइनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाए। प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीका अनुसार लकडाउन उल्लंघन गरी खाली कन्टेनरमा यात्रु लुकेर वीरगन्ज आएको सूचना पाएपछि प्रहरीले मंगलबार मध्यरातमा वीरगन्जको घन्टाघर चोकबाट उक्त मालवाहक कन्टेनर नियन्त्रणमा लिएर चेक गरेको थियो। कन्टेनर खोलेर हेर्दा ५२ जना भित्र बसिरहेका थिए। लरी चालक शिवनारायण महरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिव्यक्ति २ सय रुपैयाँ भाडा लिने गरी चालकले कन्टेनरमा चढाएको यात्रुले खुलाएका छन्। कन्टेनरमा आएका यात्रु पर्सा, बारा र रौतहटका स्थायी बासिन्दा हुन्। जीविकोपार्जनका लागि गएका उनीहरु सरकारले लकडाउन गरेपछि अन्य सवारीसाधन नपाएपछि कन्टेनरमा लुकेर आएको बताएका छन्।

Advertisement
Advertisement

सुरुमा चालकले कन्टेनरमा चढाउन नमानेपछि हारगुहार गर्नुपरेको चितवनको भरतपुरबाट चढेका पर्सा मुड्लीका सन्दीप कलवारले बताए। चालक महराले यात्रुले बाटो नै छेकेपछि चढाउन बाध्य भएको दाबी गरेका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका बस्नेतले लकडाउनमा यात्रु ओसार्ने चालकलाई संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने बताए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top