मोजाम्बिकमा आँधीमा परी १ हजारको मृत्यु

एजेन्सी,चैत ५
अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको पुष्टि गरेका छन् ।

सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका नुसीले आँधीले विध्वंस मच्चाएको बताएका छन् ।आफूले भ्रमणका क्रममा पानीमा तैरिरहेका शवहरू देखेको उनले बताएका छन् । बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ । जिम्बाब्बे, मलाबी पनि प्रभावित भएको छ ।

Advertisement

आँधीले अफ्रिकाका दक्षिणी भेग पनि प्रभावित भएका छन्, जहाँ १८० जनाको मृत्यु भएको बताइएको छ । जिम्बाब्बेमा ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उद्धारमा सहभागी यूएन एडका एक कर्मचारीका अनुसार बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको बताएका छन् । आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन् ।

Advertisement

अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार, कतिपय स्थानका मानिसहरूले रुखमा चढेर ज्यान जोगाएका छन् । त्यस्ता कतिपय व्यक्तिलाई उद्धार गरेको रेडक्रसले जनाएको छ । आँधीले विद्युत्त सेवा अवरुद्ध बनेका छन् भने सञ्चारसम्पर्क विच्छेद भएको छ । सडक भाँसिएका छन् । यद्यपि, हवाई उडानहरु भने सुचारु अवस्थामा छन् । बिहीबारदेखि नै आँधीले ताण्डव मच्चाए पनि सहयोगकर्ताहरू भने निकै ढिलो गरी आइतबार मात्रै प्रभावित क्षेत्र पुगेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top