६ असोज, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचार गरेको आरोप भारतीय कांग्रेसका नेताले लगाएका छन् ।
आइतबार टेक्सस्को ह्युस्टनमा भएको हाउडी मोदी कायक्रमलाई लिएर कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीको आलोचना गरेका हुन् । पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका शर्माले हाउडी मोदी कायक्रम ट्रम्पका लागि गरिएको चुनावी प्रचार अभियान रहेको आरोप लगाए ।
हाउडी मोदी कार्यक्रममा भएको गतिविधिले भारतको विदेश नीतिको उल्लंघन भएको उनले आरोप लगाएका छन् । हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी एकसाथ मञ्चमा प्रस्तुत भएका थिए ।
उनीहरुले ठूलो र्यालीलाई सम्बोधन गरेका थिए । एकअर्काको प्रशंसा पनि गरे । अमेरिकामा बस्दै आएका भारतीय समुदायले गरेको कार्यक्रममा मोदी गएका हुन् भने मोदीको सम्मानमा ट्रम्प पनि उपस्थित भएका हुन् ।
अमेरिकामा आउँदो वर्ष राष्ट्रपति चुनाव हुँदैछ । हाल सो चुनावको प्रचार अभियान चलिरहेको छ ।