मोरङ प्रहरीको चाडपर्व लक्षित बिशेष सुरक्षा योजना, मापासे गरे अब परीक्षा दिनुपर्ने

१६ असोज ७५, बुधबार

विराटनगर, १७ असोज
जिल्ला प्रहरी कार्यालय मोरङले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना ल्याएको छ । नजिकिएको चाडपर्वमा हुनसक्ने आपराधिक घटना न्युनिकरणगर्न भन्दै मोरङ प्रहरीले बिशेष सुरक्षा योजना ल्याएको हो ।

सुरक्षा योजना अन्र्तगत चाडपर्वको वेला धेरै भीडभाड हुने स्थानमा सादा पोशाक प्रहरी खटाउनुका साथै पैदल र साईकल प्रहरी गस्तीको व्यवस्था गरिएको जनाइएको छ । यस्तै वित्तीय संस्थाहरुमा सादा पोशाकमा हतियारसहितको प्रहरीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले बताए । सुरक्षा योजना अन्र्तगत मुख्य सडकमार्ग तथा सहायक मार्गमा सवारी चेकजाँचको विशेष व्यवस्था गरिने छ । केसीले चाडपर्वका वेला सीमा क्षेत्रवाट हुने हातहतियार ओसारपसार नियन्त्रण,अवैध पैठारी नियन्त्रण, लागूपदार्थ ओसारपसार नियन्त्रणमा सर्तकता,समाजमा शान्ति सुरक्षा भङग गर्नेलाई नियन्त्रण आदि कार्यमा विशेष सर्तकता अपनाइने बताए । सुरक्षा योजनामा जिल्लालाई ९ क्षेत्रमा विभाजन गरी झण्डै एकहजार प्रहरी परिचालन गरिने केसीले जानकारी दिए ।

Advertisement

यसैबीच सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । प्रहरीले यही असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्ने जनाएकोछ । मापसे गर्ने चालकले अब परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्तर दिए मात्र थप कारवाही प्रकृया अघि बढने छ । परीक्षा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर वा अनलाइनबाट पनि दिन सकिन्छ । मोरङ प्रहरी प्रमुख केसीका अनुसार असोज २३ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा प्रत्येक दिन ९ बजे परीक्षा सञ्चालन गरिने छ । परक्षिमा ८० प्रतिशत सही उत्तर दिलेलाई मात्र कारवाही प्रकृया अघि बढाइनेछ । यसअघि मापसे गर्ने सवारी चालकलाई जरिवाना तिराएर सचेतना कक्षा लिँदै छाड्ने गरिएको थियो ।

अब भने मोरङ प्रहरीले कारवाही गर्न पनि परीक्षा लिने भएको हो । परीक्षामा ट्राफिक नियम, मापसे गर्दा हुने कारवाही लगायतका विषयमा ८० वटा प्रश्न सोधिनेछ । परीक्षामा विशिष्ट श्रेणी अर्थात ८० प्रतिशत उत्तर मिलाउनेलाई मात्र जरिवाना तिराएर लाइसेन्स दिइनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top