म्यानमारको जेड खानीमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १ सय ६२ पुग्यो, दर्जनौं वेपत्ता

१८ असार ७७, शुक्रबार

१९ असार, एजेन्सी । म्यानमारको जेड पत्थरको खानीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ । साथै दर्जनौं मानिसहरू वेपत्ता भएका छन् ।

निरन्तरको भारी वर्षापछि आएको पहिरोले बिहीबार विहान सो संख्यामा हताहती भएको सिएनएनले जनाएको छ ।

म्यानमारका सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखिएको समाचारमा घटना म्यानमारको उत्तरमा रहेको काचिन राज्यमा भएको हो ।

Advertisement

म्यानमारको अग्नि नियन्त्रण विभागले बिहीबार साँझसम्म १ सय ६२ वटा मृतकको शव फेला पारेको जनाइएको छ। घटनामा घाइते भएका ५४ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

घटनामा मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। उद्धारमा वर्षाले असर गरेपछि उद्धार स्थगीत गर्नुपरेको पनि सिएनएनले जनाएको छ।

Advertisement

म्यानमारका बहुमूल्य पत्थरका खानीहरूमा यस्ता घटना थुप्रैपटक घट्ने गरेको छ। जेड पत्थरका खानीहरूको उचित नियमन नहुँदा यस्ता घटना हुने गरेका छन्।

गत वर्षपनि यस्तै घटनामा ५० जनाले ज्यान गुमाएका थिए भने त्यसअघि सन् २०१५ मा भएको घटनामा १ सय १३ जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top