म्यानमारमा नागरिक विस्थापित हुने क्रम रोकिएन, सरकारले छानबिन आयोग गठन गर्ने

१७ जेठ ७५, शुक्रबार

यांगुन, जेठ १८
म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको छ ।

सो आयोगले उक्त राज्ययमा उत्पन्न भएको समस्याको समाधानका साथै यहाँका विभिन्न जातीय समुदायहरुबीच शान्ति स्थापना गरी राष्ट्रिय सहमतिको समेत अवस्था सिर्जना गर्न यस्तो आयोगको गठन गर्न लागेको बताइएको छ ।

उक्त राज्यमा केही महिनायतादेखि यहाँका अल्पसंख्यक मुस्लिम समुदायमाथि ठूलो दमन गरिएको बताइएको छ । जसका कारण यहाँबाट स्थानीय नागरिकहरु नै भागेर अन्यत्रै विस्थापित हुनुपर्ने अवस्था पनि देखिएको छ ।

Advertisement

म्यानमारको राष्ट्रपतीय कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार उक्त राज्यमा जातीय विवाद उत्पन्न भएकोले यसका कारण उत्पन्न असहजतालाई समाधान गर्न यस्तो आयोग गठन गर्न लागिएको हो ।

यसबाट ती जातीहरुका बीचमा के कति कारणले समस्या उत्पन्न भएको छ र यसले यहाँका स्थानीय नागरिकलाई घर छोड्न के कति कारणले बाध्य पारेको छ भन्ने बारेमा अनुसन्धान गरी सरकारलाई सुझाव दिने छ ।

उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम नरोकिएको अधिकारीहरुले बताएका छन् ।

अधिकारवादीहरु भने सेनाले सो क्षेत्रमा अहिले पनि धरपकड जारी नै राखेको र जसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको बताउने गरेका छन् ।

उता संयुक्त राष्ट्रसंघका अधिकारीले पनि यसमा सत्यता रहेको बताएका छन् । राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले राखिनका साथै चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा समेत अहिले पनि नागरिक भएका बताए ।

आन्तरिक रूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ९० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् ।

यहाँको मुस्लिम अल्पसंख्यक समुदायलाई अहिले पनि सरकारले विद्रोहीको व्यवहार गर्ने गरेको स्थानीय नागरिकहरुको गुनासो छ ।

उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् ।

तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् ।

रोहिंग्याको समस्या अझै समाधान भएन

उता गएको कम्तीमा पनि नौ महिनादेखि राखिन राज्यबाट यसैगरी लखेटिएका लाखौँ लाख म्यान्माली रोहिंग्याहरुको समस्या अझै हल हुन सकेको छैन ।

अगष्ट महिनामा उनीहरुलाई त्यहाँबाट लखेटिएको बताइएको थियो । यस बारेमा पनि सरकारले केही गर्न सकिरहेको छैन । उनीहरु बंगलादेशमा विस्थापित भएका छन् ।

उनीहरु बंगलादेशमा शरणार्थी शिविरमा बसिरहेका छन् । उनीहरुलाई एकै समयमा स्वदेश फर्काउने मिति अझै निस्किएको छैन । राखिन राज्यका कतिपय स्थानबाट उनीहरुलाई सेनाले बलजफ्ती गरेकोले देश छोडेर भाग्न बाध्य भएका बताइएको छ ।

म्यानमारको सरकारले उनीहरुलाई स्वदेश फर्किन आग्रह गरिरहेको छ तर पनि उनीहरु सरकारी सुरक्षा निकाय तथा सेनाबाटै आफूहरु सुरक्षित नरहेको र यसका कारण आफूहरु स्वदेश फर्किनसक्ने अवस्था पनि नरहेको बताएका छने ।

केही महिनामात्र अघि म्यानमार र बंगलादेशको भ्रमण गरेका राष्ट्रसंघीय अधिकारीले पनि म्यानमारलाई आफ्ना शरणार्थीलाई स्वदेश फर्काउन र यसका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए ।

त्यस क्रममा म्यान्माली विदेशमन्त्री आङ सान सुकीले ती शरणार्थी स्वदेश फिर्ता ल्याउने काममा राष्ट्रसंघको संलग्ना रहेमा पनि आफ्नो कुनै आपत्ति नरहने बताएकी थिइन् ।

तर उनीहरुको घर फिर्तीको बारेमा अझै पनि प्रगति हुन सकेको छैन । बंगलादेशमा हाल कम्तीमा पनि ६ लाख म्यान्माली शरणार्थी बसिरहेका छन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top