२३ बैशाख, काठमाडौं । यसपालिको मनसुनको समयमा देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदेशका धेरैजसो ठाउँ तथा प्रदेश नं १ को मध्य तथा पश्चिम क्षेत्रमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो ।
औसतभन्दा बढी वर्षाले देशमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीव्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ ।