यातायातमन्त्री निस्किए सडक अनुगमनमा

२२ आश्विन २०७६

२२ असोज, काठमाडौं ।
असोज २५ गतेदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिवसीय राजकीय भ्रमणको मिति नजिकिएसँगै राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए ।

मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए ।

Facebook Comments

विज्ञापन बक्स