‘यास’ चक्रवातको प्रभाव देखिन थाल्यो, भोलिदेखि केही ठाउँमा ठूलो पानी पर्ने

१० जेठ ७८, मंगलबार

११ जेठ, काठमाडौं ।

बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

लुम्बिनी प्रदेश हुँदै काठमाण्डौ उपत्यकासम्म नै बादलका रुपमा यास चक्रवातको प्रभाव देखिन थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

Advertisement

चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा रहेको चक्रवात आज र भोलि शक्तिशाली बनेर उत्तरपश्चिमतर्फ जाने देखिएको महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिनमार्फत सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

Advertisement

चक्रवातको कारण आज दिउँसोपछि वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली÷पहाडी भूभागका केही ठाउँमा हिमपात र हावाहुरी लाग्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

भोलिदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ । पर्सि बिहीवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हिमाली क्षेत्रमा हिमपात र तीव्र गतिको हावा चल्ने सम्भावना रहेकाले अबका केही दिन हिमाल आरोहणमा नजान र हिमाल छेउमा भएकाहरुले सुरक्षित रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

सम्बन्धित समाचार

Scroll to Top