८ जेठ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै भर्त्सना गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो ।
महामारीको बेला सरकारले गैरजिम्मेवार कार्य गरेको विज्ञप्तीमा उल्लेख छ ।