रसियन खोप आयात गर्न लोमस फर्मालाई अनुमति

242SHARES

२४ बैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ । विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो ।

नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेको छ । यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ ।

स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।

विभागले यसअघि बुधबार कोभिसिल्ड खोप आयातका लागि हुकम डिस्टिब्युटर्स र कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई आयात अनुमति दिएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण