राधाकृष्णको रथयात्राको भव्य तयारी, हेलिकप्टरबाट पुष्पअर्पण गरिने

३२ साउन, विराटनगर ।

भगवान् राधाकृष्णको रथयात्राका लागि विराटनगरमा भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ७ गते अपराह्न निस्कने यस वर्षको रथयात्रामा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निकालिने रथ यात्राले विराटनगर महानगरपालिको विभिन्न ठाउँ परिक्रमा गर्ने भएको छ । सो रथ तान्न हजारौँ सङ्ख्याका युवायुवती झुम्मिने गर्दछन् । मन्दिर परिसरबाट युगल मूर्तिलाई रथमा विराजमान गराइ गरिने राथयात्राका लागि नगर क्षेत्रका अधुरा सडक व्यवस्थित गर्न महानगरपालिका लागिपरेको छ ।

Advertisement

रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुका साथै आ–आफ्ना भवनको छत र कौशीबाट पनि रथमाथि फुल तथा जलअर्पण गर्ने गरिन्छ । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका रथ र कलशयात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोलीलगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने गर्दछन् । भक्तजनलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबले निःशुल्क चिसो पेय पदार्थ वितरण गर्ने गर्दछन् ।

मोरङ, झापा र सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइने भएको छ । विसं १९८८ देखि राधाकृष्णलाई खटमा राखी घुमाउने गरिएकाे र विसं २०२५ देखि रथयात्राको रुपमा परिणत गरिएको थियो ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top