रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

७ मंसिर ७८, बुधबार

८ मंसिर, बुटवल ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेद्वार कुटिएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो ।

Advertisement

मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेद्वार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते भएका छन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।

देउवा समूहका कार्यकर्ताबाट भएको कुटपिटका क्रममा केसीको मुखमा गम्भीर चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिए । विवादले उग्ररुप लिई झडप भएपछि मतगणना स्थगित भएको छ । कुल ६६९ मतमध्ये ६०० मत गनिसक्दा पौडेल पक्षले अग्रता लिएपछि विवाद सुरु भएको थियो ।

Advertisement

यसअघि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क को मतगणनाका क्रममा विवाद हुँदा देउवा पक्षको आक्रमणमा परी पौडेल पक्षका उम्मेदवार शैलेश पन्तसहित पाँचजना घाइते भएका थिए । सो क्षेत्रमा अझै रोकिएको मतगणना सुरु हुन सकेको छैन ।

यो घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् । यो क्षेत्रमा पौडेल पक्षबाट वर्तमान क्षेत्रीय सभापति रहेका हरि लम्साल र देउवा पक्षबाट मजदूर नेता काजीमान श्रेष्ठ नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top