रेल आएसँगै सुरु भयो रेल्वे विधेयकमाथि छलफल, चालक हुन यस्ता छन् प्रावधान

९ असोज, काठमाडौँ ।
आफनै नाम र लगानीमा नेपाल भित्राईएको नेपाली रेल जनकपुरमा अलपत्र अवस्थामा परेपछि त्यसलाई तत्काल संचालनमा ल्याउनका लागि रेल्वे विधेयक ल्याउने तयारी गरिएको छ । संसद नरहेको अवस्थामा अध्यादेश मार्फत ल्याइने विधेयकमाथि धनिभूत रुपमा छलफल समेत सुरु भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको हो । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा रेल्वेको विकास, विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, स्तरीय र प्रकावकारी सँगसँगै गुणस्तरीय सेवा सञ्चालन गर्ने विषयलाई समेत राख्नुपर्ने बताएका छन् । अहिले प्रस्तावित विधेयकमा गुणस्तरीय शब्द राखिएको छैन । सांसदहरुले नेपाल रेल्वे बोर्ड स्थापना गरी नेपालमा रेल्वेको विकास र विस्तार गरी सुरक्षित, नियमित, भरपर्दो, प्रभावकारी र गुणस्तरीय रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्थालाई विधेयकले नै स्पस्ट पार्नुपर्ने बताएका छन् । सांसदहरुले सेवा सुविधा दिन नसक्ने विषयहरुलाई विधेयकमा समावेस गर्न नहुने पनि बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्ने बताए । निजी क्षेत्रबाट समेत रेल्वे सेवा सञ्चालन हुन सक्ने भएकाले सरकारी रेल्वेको नामको अगाडि नेपाल राख्दा उपयुक्त हुने बताए । त्यस्तै विधेयकको प्रस्तावनामा प्रभावकारी र गुणस्तरीय शब्द राख्दा रेल्वे सेवाको लागत बढ्ने भएकाले हटाउनुपर्ने सुझाव दिए ।

Advertisement

विधेयकमा रेल्वेको सुरक्षाको लागि गठन हुने सुरक्षा इकाई सम्बन्धी विषय, यात्रीको भाडा र यात्री गुण्टा मालसमानको ढुवानी महसुल तथा विलम्ब शुल्क आवश्यकता र औचित्यको आधारमा थपघट हुने भएकाले नियमावलीमा समेटनुपर्ने उल्लेख छ । तर सुरक्षा इकाई गठन नहुदा सम्म सरकारले रेल्वेको सुरक्षा व्यवस्था गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

रेल चालक बन्न यस्ता छन् प्रावधान
रेल चलाउन अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा छ । रेल चालक वा सहचालकको अुनमति पत्र लिनको लागि रेल्वे प्रशासक समक्ष निवेदन दिनुपर्ने व्यवस्था पनि गरिएको छ । निवेदन जाँचबुझ गर्दा रेल चालक वा सहचालकको अनुमतिपत्र दिन उपयुक्त देखेमा रेल्वे प्रशासकले रेल चालक वा सहचालकको अनुमतिपत्र दिने व्यवस्था पनि विधेयकले गरेको छ ।

Advertisement

रेल चालक वा सहचालकको अनुमति प्राप्त गर्न कम्तिमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । यसबाहेक बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्नेछ । रेल चालक वा सहचालकको अनुमतिपत्र प्राप्त गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्रको प्रतिलिपि, नेपाल सरकार द्धारा मान्यताप्राप्त चिकित्सकले निजको स्वास्रुथ्य परीक्षण गरीदिएको निरोगिताको प्रमाणपत्र लगायतका कागजात पेश गर्नुपर्ने व्यवस्था पनि विधेयकले गरेको छ ।

चालक अनुमति पत्र प्राप्त गर्नका लागि पच्चीस वर्ष र सहचालकको हकमा बीस वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top