लकडाउनमा काठमाडौंदेखि बन्दीपुरको यात्रामा देखिएका दृश्य

२८ चैत, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेको तेस्रो हप्ता सुरु हुँदासम्म काठमाडौं उपत्यकामा अवज्ञा गर्ने सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामको बाहनामा लकडाउन उलंङ्घन गर्नेको संख्या राजधानीमा बढेको छ ।

राजधानीमै संघीय सरकारले घोषणा गरेको लक डाउनको पालना नहुँदा स्थानीय स्तरमा भने जनता निकै सजग र सचेत देखिएका छन । काठमाडौं बाहिर सामाजिक दुरी कायम गर्दै लक डाउनको पूर्ण पालना भएको देखियो । राजधानी काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि बन्दिपुर सम्म पुग्दा राजमार्ग सुनसान देखिन्छ ।

Advertisement

ग्यास, खाद्यान्न बोकेका केही गाडीहरु चलेपनि राजमार्ग वरिपरिका होटलहरु बन्द छन् । त्यति मात्रै होइन राजमार्ग वरिपरिका घर अगाडी तारबार नै गरिएको छ । कोरोनाविरुद्ध लड्न स्थानीय कति सचेत भएर अगाडी बढिरहेका छन् भन्ने कुराको प्रमाण यो राजमार्गमा बढेका तस्वीरहरुले देखाउछन । स्थानीयहरुले हामीसँग खुलेर कुरा गर्न नचाहेपनि सामाजिक दुरी कायम गर्नकै लागि तारबार गरिएको बताए । राजमार्गमा खाद्यान्न, डिजेल, पेट्रोल तथा ग्यास बाकेका र अन्य मालवाहक सवारी सञ्चालन भइरहेका छन् ।

Advertisement

स्थानीय—स्थानीयहरुले मात्रै होइन गाउँ—गाउँबीच पनि सामाजिक दुरी कायम गरेको दृश्य देखिन्थ्यो । एक गाउँबाट अर्को गाउँमा अनावश्यक रुपमा कोही आवत जावत नगरुन भनेर पुलमा बार लगाइएको छ । सूचना टाँस गरेर नै एक ठाउँबाट अर्को ठाउँमा अनावश्यक रुपमा आवतजावत नगर्न भनिएको छ । सूचनामा लेखिएको छ, ‘‘यस वुटार चुमरखोल जोड्ने पुलमा अत्यावश्यक र भैपरी आउने समस्या बाहेक आवत जावत गर्न पाइने छैन्, किराना पसलमा सामान खरिद गर्द एकमुष्ट खरिद गर्ने र पटक पटक हिडडुल नगर्ने, लक डाउनको पूर्ण पालना गर्ने, सार्वजनिक स्थल पूर्ण रुपमा सफा गर्ने र कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्ने ।

सरकारले घोषणा गरेको लक डाउनको भोलिपल्ट देखि नै पुल बन्द गरिएको गण्डकी गाउँपालिका २ दह भञ्ज्याङका स्थानीय गगनबहादुर थापाले बताए । सो पुल भएर फुजेल, साधिखोला, ताँग्रीचोक, दह भञ्ज्याङ, फुर्केडाडाँ लगायतका गाउँमा पुग्न सकिने उनको भनाई छ । अत्यावश्यक काम र दैनिक उपभोग्य सामान किन्नका लागि मात्रै पुल खुल्ने गरेको उनको भनाई छ ।

चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबु खैरेनी गाउँपालिकाले ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापनगरी स्थानीय, सवारी चालक तथा अन्य व्यक्तिहरुको ज्वरो नाप्ने गरेको देखियो । एक दिनमा करिब १ सय जनाको तापक्रम (ज्वरो) नाप्ने गरेको इच्छाकामना गाउँपालिका कुरिनटारमा रहेको सहायता कक्षमा रहेका सिनियर अहेब चन्द्रबहादुर गुरुङले बताए । बागमती प्रदेश प्रवेश गर्ने पश्चिमको मुख्य नाकामा स्थापना भएको सो स्वास्थ्य सहायता कक्षबाट पैदलयात्री, मोटरसाइकल चालक र अन्य सवारी चालक तथा कर्मचारीको तापक्रम नाप्ने र कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएमा थप निगरानी गर्ने गरिएको उनले बताए ।

गाउँमा कोरोना भाइरस विरुद्ध लड्न स्थानीय प्रतिवद्ध त छन तर होटल व्यवसायीहरुलाई भने चिन्ता पनि थपिएको छ । पर्यटक आउने मुख्य सिजनमै भाइरस देखिनु र लक डाउनका कारण व्यवसाय नै चौपट हुने डर उनीहरुमा छन् । लक डाउनले धेरै असर गरेको बन्दीपुरका एक होटल व्यवसायी नानु श्रेष्ठले बताए । माघ फागुनबाट पर्यटक आउने सिजन सुरु भएपनि यहि समयमा भाइरस देखा परेपछि ठूलो असर गरेको उनको भनाई छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएपनि कोरोनाको भाइरस संक्रमणको जोखिम कम भएपछि आन्तरिक पर्यटक आउने विश्वास उनले व्यक्त गरे ।

काठमाडौं छिर्ने मुख्य नाकामा समेत चेकजाँचमा कडाई गरिएको छ । चन्द्रागिरी नगरपालिकाले उपत्यका छिर्ने मुख्य नाकाबाट आवतजावत गर्ने सवारी चालकहरुको लागत राख्ने र तापक्रम नाप्ने व्यवस्था मिलाएको छ । सिमित स्रोत साधनकाबीच स्थानीय तहहरुले कोरोना विरुद्ध लड्न भरपुर प्रयास गरिरहेका छन् । संघीय सरकारले स्थानीय तहहरुमा पर्याप्त स्वास्थ्य सामग्री दिने र अझै प्रोत्साहनका कार्यक्रम घोषणा गरेर अगाडी बढ्न सके गाउँ गाउँबाट कोरोना संक्रमणको जोखिम र त्रासलाई निर्मुल पार्न सहयोग पुग्नेछ ।

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top