सिरहामा राहत वितरणमा झड्प, मेयरलाई लाग्यो दादागिरीको आरोप

२८ चैत, सिरहा । सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केहि दिनदेखि यता भएको विवादले चरम सिमा नाघेको छ । स्थानिय नेता तथा बुद्धिजीवीले मेयर श्रवण यादवले राहत वितरणमा विभेद गरेको आरोप लगाएका छन् ।

Advertisement

असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी मेयर यादवको काखा र पाखा गरेको आरोप लगाएका हुन् । स्थानिय नेता कार्यकर्ताद्वारा निर्माण गरिएको सर्वदलिय समिति अनुसार मेयर यादवले आफ्नो आसेपासेलाई राहत उपलब्ध गराएर बिपन्न वर्गमाथि ठूलो अन्याय गरेको आरोप लगाएका छन् ।

मिर्चैयाका नेकपा जिल्ला सदस्य प्रदिप महासेठका अनुसार चैत २२ गते नगरपालिकाको राहत कार्यक्रममा पक्षपात भएको थियो । उनका अनुसार वडा १ मल्हनिया चदरा टोलमा २५ घरधुरीमा मेयर यादवले आफ्नै मान्छेलाई दिन खोज्दा बिपन्न दलित समुदायले बिरोध जनाएका थिए ।मेयर यादवको विभेदपुर्ण नियत देखेर नेकपा जिल्ला कमिटीका सदस्यहरुले आ –आफ्नो तर्फबाट वडा १ का १५ घरधुरीमा १० किलो चामल, २ किलो दाल, नुन, तेल लगायत अति आवश्यक राहतका सामान बितरण गर्न खोज्दा मेयर श्रवण यादवले रोकेका थिए ।

Advertisement

पत्रकार सम्मेलनमा नेकपा जिल्ला सदस्य गङ्गा महतो, राजपा नेपालका मिर्चैया नगर संयोजक अन्जय साह, तरुण दल क्षेत्रीय सदस्य धनेश्वर यादव, समाजवादी नगर अध्यक्ष रामदयाल यादव, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कपिलदेव साह, र सिरहा ४ ख बाट निर्वा्िचत प्रदेश सभा सदस्य दिलिप साहलगायत ले मेयर यादवको काम गराई प्रति असन्तुष्टि जनाएका थिए । उनीहरुलेराहत वितरणमा मेयरले दादागिरी देखाएको आरोप लगाएका छन् ।

सांसद साहका अनुसार राहत बाँडेर फर्किने क्रममा सोमबार मेयरका मान्छेहरु आएर अचानक बिबाद गरेका थिए । पछि बिबादले झडपको रुप लिएको थियो जसमा केही घाईते समेत भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top