लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् । यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो ।

Advertisement

लक्षणसहितका संक्रमित धमाधम भेटिए सरकारसँग धान्ने संरचना छैन । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् । उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ ।

सरकारले लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सकिने बताएको थियो । तर, अब बिस्तारै दैनिक लक्षण देखिएपछि बिरामीहरु अस्पताल पुग्ने गरेको र कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि हुने गरेको पाइएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top