५ जेठ, काठमाडौं ।
लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।
बिहान ८ बजेर २६ मिनेटमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए ।
बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको थियो । परकम्पनको धक्का पनि काठमाण्डौसम्म महसुस गरिएको छ ।