ललितपुरमा भेरोसेलको दोस्रो खोपः कहाँ, कहाँ तोकियो खोपकेन्द्र ?

५ जेठ ७८, बुधबार
Share this
753shares

५ जेष्ठ, काठमाडौं ।
ललितपुर महानरपालिकाले दोस्रो चरणको चिनियाँ भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ ।

Advertisement

कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउन २९ वटै वडाका सबैभन्दा धेरै पायक पर्ने ठाउँलाई खोपकेन्द्र बनाइएको महानगरले जनाएको छ । महानगरका अनुसार गत २५ देखि २८ चैतसम्म खोप लगाएकाले ६ जेठमा खोप लगाउन सक्नेछन् ।

महानगरले खोप लगाउन पहिलो चरणमा खोप लगाएको कार्ड र आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्न आग्रह गरेको छ । २९ देखि ३१ चैतसम्म खोप लगाएकाले दोस्रो चरणको खोप ७ जेठमा लगाउन सक्नेछन् ।

Advertisement

१ देखि ४ वैशाखसम्म खोप लगाएकाले ९ जेठ, ५ देखि ९ वैशाखसम्म लगाएकाले १० जेठ, १० देखि १३ वैशाखसम्म लगाएकाले ११ जेठ, १४ वैशाखमा लगाएकाले १२ जेठ र १५ वैशाखमा लगाएकाले १३ जेठमा खोप लगाउन सक्नेछन् ।

महानगरपालिकाका अनुसार वडा नम्बर १ मा बस्नेका लागि वडा कार्यालय कुपण्डोल किरण भवन, वडा २ का लागि टीका विद्याश्रम मावि सानेपा, वडा ३ आइडिएल मोडल स्कुल ठाडोढुंगा, वडा ४ जाउलाखेल पुरानो वडा कार्यालय, वडा ५ महालक्ष्मी पार्टी भेन्यु थसिखेल, वडा ६ यशोधरा बौद्ध मावि प्रयागपोखरी, वडा ७ नेपाल भाषा मंका खल त्यागल, वडा ८ ललित निमावि. कुटीसौगल खोप केन्द्र तोकिएको छ ।

Advertisement

वडा नम्बर ९ का लागि ललित कल्याण आधारभूत विद्यालय भोलढोका, वडा १० आधारभूत स्वास्थ्य केन्द्र कृष्ण मन्दिर, वडा ११ हार्ट क्लिनिक मनिडो, वडा नम्बर १२ का लागि दरबार स्क्वायर हखाः कोट पाटी मंगलबजार, वडा १३ ल्यान्डमार्क स्कुल वडा कार्यालयसँर्ग कुसुन्ती, वडा १४ उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र वडा कार्यालयसँगै, वडा १५ महेन्द्र मावि, सातदोबाटो, वडा १६ नागबहाल स्वास्थ्य क्लिनिकमा गएर खोप लगाउन सक्नेछन् ।

यस्तै, वडा नम्बर १७ मा बस्नेका लागि प्रभात मावि त्यागल ग्वार्को, वडा १८ बालकुमारी आधारभूत विद्यालय भन्झाङ, वडा १९ मछिन्द्रबहाल टंगाल, वडा २० ख्वायवहिल वडा कार्यालय, वडा २१ युवा प्रतिभा मन्दिर मावि खोकना बसपार्कमाथि, वडा २२ बुङ्मती स्वास्थ्य चौकी, वडा २३ वडा कार्यालय भवन धापाखेल, वडा २४ तीनकुने वडा भवन धापाखेल, वडा २५ स्वास्थ्य चौकी वडा कार्यालयसँगै, वडा २६ सुनाकोठी मोतीविनायक स्कुल, वडा २७ सुनाकोठी स्वास्थ्य चौकी, सुनाकोठी, वडा २८ हरिसिद्धि स्कुल र वडा नम्बर २९ मातृशिशु स्वास्थ्य क्लिनिक हरिसिद्धि खोपकेन्द्र तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top