विराटनगर,साउन २१
बढ्दो वायुप्रदुषण रोक्न हामी सबैको पहल भन्ने उद्धेश्यका साथ लाइन्स क्लब अफ विराटनगर डाइनोले मोरङको रंगेली स्थित नयाँबजारमा रहेको एसीसी ईटा उद्योग परिसरमा बृक्षारोपण गरेको छ । सोमबार विहान लाइनका पदाधिकारीहरुले विभिन्न जातका १ सय ५० विरुवाहरु रोपेका हुन ।
वन कार्यालय मोरङले उपलब्ध गराएका १ सय बढी टिक, २० भन्दा बढी मसला र अन्य फलफुलका विरुवा रोपिएको लाइन्स क्लब अफ विराटनगर डाइनोका सचिव राजन भगतले जानकारी दिए । बृक्षारोपणले ईटा भट्टा परिसरमा धुलो धुवाँका कारण हुने वायुप्रदुषण रोक्न सहयोग पुग्ने डाइनोका चार्टड प्रेसिडेन्ट सञ्जिव सिग्देलले बताए ।
लाइन्स क्लब अफ विराटनगर डाइनोले सामाजिक उत्तरदायित्व अन्र्तगत ईटा भट्टा उद्योग परिसरमा बृक्षारोपण गरिदिनु सराहनीय भएको भन्दै उद्योग संचालकले खुशी ब्यक्त गरेका छन । बृक्षारोपणमा जोन चेयरपर्सन रिसव दाहाल, लियो डिस्ट्रिक चेयरपर्सन मो.नाजिर,इलेक्टेड पास्ट प्रेसिडेन्ट मोहित अग्रवाल, भाइस प्रसिडेन्ट विजय भगत लगायत डाइनो परिवारका सदस्यको सहभागिता रहेको थियो ।