लाइन्स क्लब अफ विराटनगर डाइनोले गर्याे ईट्टा उद्योगमा बृक्षारोपण

२१ साउन ७५, सोमबार
Share this
723shares

विराटनगर,साउन २१
बढ्दो वायुप्रदुषण रोक्न हामी सबैको पहल भन्ने उद्धेश्यका साथ लाइन्स क्लब अफ विराटनगर डाइनोले मोरङको रंगेली स्थित नयाँबजारमा रहेको एसीसी ईटा उद्योग परिसरमा बृक्षारोपण गरेको छ । सोमबार विहान लाइनका पदाधिकारीहरुले विभिन्न जातका १ सय ५० विरुवाहरु रोपेका हुन ।

Advertisement

 

वन कार्यालय मोरङले उपलब्ध गराएका १ सय बढी टिक, २० भन्दा बढी मसला र अन्य फलफुलका विरुवा रोपिएको लाइन्स क्लब अफ विराटनगर डाइनोका सचिव राजन भगतले जानकारी दिए । बृक्षारोपणले ईटा भट्टा परिसरमा धुलो धुवाँका कारण हुने वायुप्रदुषण रोक्न सहयोग पुग्ने डाइनोका चार्टड प्रेसिडेन्ट सञ्जिव सिग्देलले बताए ।

Advertisement

 

Advertisement

लाइन्स क्लब अफ विराटनगर डाइनोले सामाजिक उत्तरदायित्व अन्र्तगत ईटा भट्टा उद्योग परिसरमा बृक्षारोपण गरिदिनु सराहनीय भएको भन्दै उद्योग संचालकले खुशी ब्यक्त गरेका छन । बृक्षारोपणमा जोन चेयरपर्सन रिसव दाहाल, लियो डिस्ट्रिक चेयरपर्सन मो.नाजिर,इलेक्टेड पास्ट प्रेसिडेन्ट मोहित अग्रवाल, भाइस प्रसिडेन्ट विजय भगत लगायत डाइनो परिवारका सदस्यको सहभागिता रहेको थियो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top